२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

बाँकेको राप्ती नदीमा फसेका ६ जनाको उद्धार



नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं.२ टिकुलिपुरस्थित बाख्रा चराउन गएका राप्ती नदीको बीच भाग टापुमा फसेका ६ जनाको प्रहरीले उद्धार गरेको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्सेरगंज बस्ने बर्ष ६८ का दल बहादुर पुन, सोही ठाउँ बस्ने बर्ष ६० की तिलसरा थापा, बर्ष ५५ की खली खत्री, बर्ष ४४ की हिम कुमारी कनउ, बर्ष १४ की दिनिशा थापा र बर्ष १४ की ममता पुनको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका साढे ७ बजे बाख्रा चराउन गएका उनीहरू एक्कासी राप्ती नदीको बीच भाग टापुमा फसेका थिए । सूचना पाएलगत्तै संयुक्त सुरक्षाकर्मी र स्थानियको सहयोगमा उनीहरूको उद्धार गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले बताए । उनका अनुसार, १ पुरुष, ५ महिला र ७८ वटा बाख्राको सकुशल उद्दार गरिएको हो । वर्षायाम शुरु भएसंगै राप्ती नदीमा पानीको सतह बढेको छ ।

प्रकाशित मिति : २०८० असार १७ गते आइतबार
ताजा समाचार