२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

पोर्चुगलमा सुतेकै अवस्थामा खजुराका एक युवाको मृत्यु



नेपालगञ्ज : वैदेशिक रोजगारीका लागि आठ महिनाअघि पोर्चुगल पुगेका बाँके खजुराका एक युवाको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको शुक्रवार सुतेकै अवस्थामा मृत्यु भएको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए ।

साराङकोटी पोर्तीमाउमा रहेको एक होटलमा कार्यरत थिए । उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल पुगेका थिए ।

प्रकाशित मिति : २०८० जेठ ७ गते आइतबार
ताजा समाचार