२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

सरकार र पत्रकारको सहकार्यले मात्र लोकतन्त्र बलियो हुन्छ : ब्रजेश पाठक उपमुख्यमन्त्री युपी



आगरा (भारत) : उत्तर प्रदेश सरकारका उपमुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारिता लोकतन्त्रको चौथो स्तम्भ भएको बताएका छन् । ‘सत्ता र पत्रकारिताबीचको खाडल हटाएर लोकतन्त्र बलियो बनाउनुपर्छ, तब मात्र देश र राज्यको उन्नति सम्भव छ’– उनको भनाई थियो ।

प्रेस क्लब अफ आगरा र उत्तर प्रदेश पत्रकार संघको आयोजना र सार्क जर्नलिस्ट्स फोरमको सहयोगमाा आयोजित इन्डो–नेपाल–बंगलादेश मिडिया कन्क्लेभ–२०२३ मा उपमुख्यमन्त्री पाठकले भिडियो सन्देशमार्फत यस्तो धारणा व्यक्त गरेका हुन ।

आगरको होटल क्लार्क शिराजमा भएको सम्मेलनमा सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामाको नेतृत्वमा भारत, नेपाल र बंगलादेशका ४ सय भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । कन्क्लेभको विषय ‘समसामयिक परिदृष्यमा मिडियाका चुनौती र समाधान’ रहेको थियो ।

प्रकाशित मिति : २०८० जेठ ५ गते शुक्रबार
ताजा समाचार