२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

बाँकेमा लेनदेन मुद्दाका एक फरार प्रतिवादी पक्राउ



नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले लेनदेन मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेबाट लेनदेन मुद्दामा दोषी ठहर भई २ वर्ष जेल सजाय पाएर फरार रहेका राप्तीसोनारी ८ बाँकेका बस्ने ५५ वर्षीय जित बहादुर बुढाथोकीलाई आइतवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला अदालत बाँकेबाट लेनदेन मुद्दामा २०७९ चैत २७ गतेको फैसलाबाट दोषी ठहर भएर फरार रहेका बुढाथोकीलाई पक्राउ गरी आइतवारनै आबश्यक कारबाहीका लागि जिल्ला अदालत बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० वैशाख ३ गते आइतबार
ताजा समाचार