एभरेष्ट एयरको हेलिकप्टर सम्पर्कविहीन

सदरलाइन संवाददाता २६ चैत्र २०७९, आईतवार १३:२५
 

नेपालगञ्ज : म्याग्दीको धौलागिरि हिमालको आधार शिविरतर्फ गएको एभरेष्ट एयरको हेलिकप्टर सम्पर्कविहीन छ । आइतबार बिहान आधार क्षेत्रतर्फ जाँदै गरेको हेलिकप्टर ११ बजे ११ मिनेटमा सम्पर्कविहिन भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।

उनका अनुसार सम्पर्कविहीन बनेको हेलिकप्टरको खोजीमा एयर डायनेष्टीको हेलिकप्टर खोजीका लागि पठाइएको छ । ‘आज विहान ११ बजेर ११ मिनेट जाँदा एभरेष्ट एयरको हेलिकप्टर सम्पर्कविहीन भएको भन्ने खबर आएको छ,’ उनले भने, ‘खोजीका लागि टोली खटाइएको छ भने माथिबाट पनि अर्को हेलिकप्टर त्यसतर्फ पठाइएको छ । यात्रु र थप जानकारी प्राप्त हुन सकेको छैन ।’


हेलिकप्टरमा सवार यात्रुसहितका विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तत्काल पैदलमार्गबाट जान सम्भव नभएकाले सम्बन्धित टेकिङ एजेन्सीले नै खोजी गरिहेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने विश्वको सातौँ (८,१६७) मिटर अग्लो धौलागिरि हिमाल आसपासमका क्षेत्रमा हेलिकप्टरबाटै खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हेली एभरेस्टको हेलिकोप्टर ठोक्किँदा सामान्य क्षति, पाइलट सकुशल

२६ चैत्र २०७९, आईतवार १३:२५
नेपालगञ्ज : आरोहीहरूका लागि खाद्यान्न बोकेर धौलागिरि आधारशिविरका लागि उडेको हेली एभरेस्टको ९ एन एएनबी हेलिकोप्टरले अवतरण गर्ने क्रममा सन्तुलन गुमाउँदा पछाडिको भाग ठोकिएर त्यसमा क्षति पुगेको छ । पाइलट प्रिया अधिकारी मात्रै सवार रहेको उक्त हेलिकोप्टर बिहान ११ बजेर ५ मिनेटमा अवतरणरका क्रममा सन्तुलन नमिल्दा हेलिकोप्टरको पछाडिको भागमा सामान्य […]