हेली एभरेस्टको हेलिकोप्टर ठोक्किँदा सामान्य क्षति, पाइलट सकुशल

सदरलाइन संवाददाता २६ चैत्र २०७९, आईतवार १३:४७
 

नेपालगञ्ज : आरोहीहरूका लागि खाद्यान्न बोकेर धौलागिरि आधारशिविरका लागि उडेको हेली एभरेस्टको ९ एन एएनबी हेलिकोप्टरले अवतरण गर्ने क्रममा सन्तुलन गुमाउँदा पछाडिको भाग ठोकिएर त्यसमा क्षति पुगेको छ ।

पाइलट प्रिया अधिकारी मात्रै सवार रहेको उक्त हेलिकोप्टर बिहान ११ बजेर ५ मिनेटमा अवतरणरका क्रममा सन्तुलन नमिल्दा हेलिकोप्टरको पछाडिको भागमा सामान्य क्षति पुगेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले बताए । ’अवतरण गर्ने बेला पछाडिको भागले भुइँमा छोइएर असन्तुलन भएर सामान्य क्षति पुगेको जानकारी आएको छ,’ प्रवक्ता कँडेले भने ।


हेली एभरेष्टका चिफ एक्जुकेटीभ सिताराम सापकोटाका अनुसार म्याग्दीको इटालियन क्याम्पबाट आधारशिवरका लागि उडेको हेलिकोप्टरमा क्षति पुगेको खबरपछि पोखराबाट एयर डाइनास्टीको हेलिकोप्टर उद्धारका लागि पठाइएको छ । क्याप्टेन अधिकारीलाई डाइनास्टीको हेलिकोप्टरमा उद्धार गरेर फर्काइएको नागरिक उड्डययन प्राधिकरणले जनाएको छ ।

हेलिकोप्टर हिउँमा चिप्लिएर हो वा अन्य केही प्राविधक कारण हो भन्नेबारे एकिन जानकारी आउन बाँकी रहेको हेली एभरेष्टले जनाएको छ । यो कम्पनीसँग हाल ३ वटा हेलिकोप्टर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘सिकलसेल एनिमिया’ नियन्त्रण गर्दै कोहलपुर

२६ चैत्र २०७९, आईतवार १३:४७
नेपालगञ्ज : पश्चिम नेपालको बाँके र वर्दिया लगायतका थारु समुदायमा सिकलसेल एनिमिया नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले विभिन्न योजना बनाएर कार्यान्वयन शुरु गरेको छ । सिकलसेल एनिमिया नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले गर्भवती र नौ महिनाका बालबालिकाको अनिवार्य सिकलसेल जाँच गर्न शुरु गरेको हो । “वंशाणुगत यो रोगको समयमै पहिचान गरी त्यसको […]