मेटिएका नम्वर लेखाउँदै ट्राफिक

सदरलाइन संवाददाता ११ पुष २०७९, सोमबार १४:०६
 

नेपालगञ्ज : नेपालगञ्जस्थित फुलटेक्रा ट्राफिक पोष्टले दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन माथि कडाई गर्न थालेको छ ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि मेटिएका नम्वर प्लेट सवारीसाधनमाथि निगरानी बढाएको हो । ट्राफिक प्रहरी पोष्टका इन्चार्ज दिल बहादुर शाहीले दिएको जानकारी अनुसार त्यस्ता सवारी साधनका नम्वर प्लेट लेख्न लगाउने गरिएको छ ।


ट्राफिक प्रहरीले ट्याक्टर, मोटरसाइकल, अटोलगायतका पाँच दर्जन बढी सवारी साधनको नम्वर लेखिएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनाका कार्यक्रमहरु भइरहेको पनि जनाएको छ ।

ट्राफिक प्रहरीले ट्याक्टरहरुमा स्टीकरसमेत टाँस्ने गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा डायलासिस सेवा नहुँदा बिरामीलाई सास्ती

११ पुष २०७९, सोमबार १४:०६
बर्दिया : बर्दियाको मधुवन नगरपालिका–४ की मिर्गौला पीडित हरिराम चौधरीलाई हप्तामा तीन पटक डायलासिस गराउनुपर्छ । उनी डायलासिसका लागि नेपालगञ्ज मेडिकल कलेज रहेको कोहलपुरमा कोठा भाडा लिएर बस्दै आएका छन् । गुलरिया नगरपालिका–२ की मिर्गौला पीडित पवित्रादेवी सुवेदी हप्तामा दुई पटक डायलासिस गर्न नेपालगञ्ज मेडिकल कलेज कोहलपुर धाउँछिन् । बारबर्दिया […]