बाँकेमा मंगलवार १८ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता २६ आश्विन २०७८, मंगलवार १६:४६
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४७ नमुना परीक्षण गर्दा १८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा १८ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये बाँकेका १० जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३२५ पुगेको छ ।


यस्तै मंगलवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८९५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगु दुर्घटनामा मृत्यु हुने ३२ जनाकै सनाखत

२६ आश्विन २०७८, मंगलवार १६:४६
नेपालगञ्ज : मुगुको छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा भएको बस दुर्घटनामा मृत्यु ३२ जनाको सनखत भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै […]

सम्बन्धित