मोहर्रमको नवौं दिन बिहीवार राती ताजिया राखिँदै

सदरलाइन संवाददाता ३ भाद्र २०७८, बिहीबार १३:३७
 

नेपालगञ्ज : मुस्लिम धर्मावलम्बिहरुको महान पर्व मोहर्रमको नवौं दिन बिहीवार राती ताजिया राखिँदै छ । नेपालगञ्जसहित मुस्लिम बाहुल क्षेत्र तथा ग्रामीण ठाउँमा ताजिया राख्ने तयारीमा मुस्लिम समुदाय जुटेका हुन् ।

इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने मोहर्रम पर्वलाई दस दिनसम्म विभिन्न कार्यक्रमहरू गरे मनाइँदै आइएको भएपनि कोभिड–१९ महामारीका कारण यस वर्ष भने खासै उत्साहपूर्ण नरहेको केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समिति नेपालगञ्जका अध्यक्ष फिरोज अहमद हल्वाईले जानकारी दिए ।

उनले महामारीको जोखिम कायमै रहेकोले जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि सबैलाई आग्रह गरे । मोहर्रमको आठौं दिन बुधवार राती हुसैनी जुलुस निकालिएको थियो ।

राती १२ बजे नेपालगञ्जको फुल्टेक्रा रामनगर, धम्बोजी र जोल्हनपुर्वाबाट हुसैनी जुलुस निकालिएको नेपाल मोहर्रम समिति धम्बोझीका अध्यक्ष तथा मुस्लिम अगुवा मेराज अहमद हिमालयले जानकारी दिए ।


कोरोना भाइरस महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पालना गरेर पर्व मनाउने काम भइरहेको अध्यक्ष मेराज हिमालयले बताए ।

पर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयले सुरक्षा व्यवस्थापन मिलाउने काम गरेको छ ।

वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्काका अनुसार, पर्वलाई शान्तिपूर्ण र व्यवस्थित तरिकाले मनाउन आग्रह गरिएको छ । गएरातीपछि झैझगडा नहोस् भनेर सुरक्षा व्यवस्था मिलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आगलागीबाट बस जलेर क्षतिग्रस्त

३ भाद्र २०७८, बिहीबार १३:३७
नेपालगञ्ज : नेपालगञ्जको एउटा बसमा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्कको विद्युत रोडको घर्ती बसबडी मर्मत सेन्टरमा मर्मतका लागि राखिएको नेपालगञ्ज–मुगु चल्ने भे १ ख २९०४ नम्वरको बसमा गएराती आगलागी भएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिए । नेपालगञ्ज–९ का डबल रोकायको नाममा रहेको बस मुगु […]