सदरलाइनडटकम,
अछाम : अछाम प्रहरीले पञ्चदेवल बजार ईलाकामा जुवा खेल्ने जुवाडे र दर्शक गरी २७ जनालाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ ।
अछाम प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले पञ्चदेवल विनायक नगरपालिका–३ का टेकबहादुर शाहीको घरमा जुवा खेल्न प्रयोग भएको त्रिपाल १, खैरो कार्पेट १, कपडाको चकटी, नखोलेको नायाँ ४ गड्डी तास र खेलिएको आवस्थाको ३८० थान ताससहित ४६ हजार ७ सय ५६ रुपैया समेत बरामद भएको जानकारी दिए ।
उनले सो जुवाको खालमा जुवाखेली रहेका २० जना र ७ जना दर्शकलाई घटनास्थलबाट नियन्त्रणमा लिएर अनुसंघान अघि बढाएको बताए । उनीहरुलाई जुवा ऐन अन्तरगत कारवाही हुने प्रहरीले जनाएको छ ।

