२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

साना किसान सहकारीको अध्यक्षमा थापा निर्वाचित



नेपालगञ्ज : नौवस्ता साना किसान कृषि सहकारी संस्था लिमिडेटको अध्यक्षमा प्रेम बहादुर थापा निर्वाचित भएका छन् । थापाले अध्यक्षमा कूल ८ सय १ मत प्राप्त गरि विजयी भएका हुन् ।

अर्का अध्यक्ष उम्मेदवार प्रेम बहादुर बुढाले ६ सय ३ मत प्राप्त गरे । थापाले कूल १ सय ९८ मत अन्तरले विजयी हासिल गरेका हुन् ।

कूल एक हजार ४ सय ५० मतदात भएकोमा कूल ११ मत बदर भएको थियो । सहकारीको कूल मतदाता संस्ख्या भने १ हजार ६ सय २८ रहेको थियो ।

त्यसै गरी उपाध्यक्षमा खगीसरा राना क्षेत्री विजयी भएकी छन् । उनले माया बुढालाई पराजीत गरेकी हुन् ।

त्यसै गरी संस्थाको लेखा संयोजकमा राजाराम थारु विजयी भएका छन् । उनले नैनकला रोका क्षेत्रीलाई पराजित गर्दै लेखा संयोजकमा विजयी भएका हुन् । लेखा सदस्यमा शिल्पा कुमारी थारु र नैनकला बुढा क्षेत्री विजयी भएका छन् ।

प्रकाशित मिति : २०७९ चैत १९ गते आइतबार
ताजा समाचार