२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

वेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक फेला



दाङ : सिस्ने गाउँपालिका–४ काँडास्थित जंगलबाट प्रहरीले ५ थान बन्दुक बरामद गरेको छ । वेवारिसे अवस्थामा रहेको ५ थान भरुवा बन्दुक आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट धाउन्नेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

प्रकाशित मिति : २०७९ चैत १९ गते आइतबार
ताजा समाचार