मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सदरलाइन संवाददाता ६ चैत्र २०७९, सोमबार १३:४६
 

दाङ : दाङमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

प्यूठान नौबानी गाउँपालिका ६ बस्ने मोटरसाइकल चालक ३२ वर्षीय राजन केसीको मृत्यु भएको हो । उनका श्रीमती र छोरी घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा आइतबार साँझ करिब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।


उनका अनुसार दुर्घटनामा परी केसीकी २६ वर्षीया श्रीमती सन्ध्या र छोरी २ वर्षीयाराष्ट्रियता गम्भीर घाइते भएका छन् । सन्ध्याको दायाँ गोडा र टाउकोमा चोट लागेको छ । छोरीलाई भित्री चोट लागेको छ । दुवै जनाको अवस्था गम्भीर रहेको प्रवक्ता गौतमले बताए ।

आइतबार साँझ करिब ६ बजेतिर घोराही उपमहानगरपालिका ३ कुइरेपानी स्थित घोराहीबाट लमही तर्फ जाँदै गरेको प्रदेश ०३–००१ क.०१६९ नम्बरको मिटी ट्रकले विपरीत दिशातर्फ गइरहेको बागमती प्रदेश ०२–०१६ प. ३६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिइ घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्घटना बढि हुने स्थानको पहिचान गरि कार्ययोजना बनाईने : ट्राफिक प्रहरी

६ चैत्र २०७९, सोमबार १३:४६
कोहलपुर (बाँके) : जिल्ला ट्राफिक कार्यालय बाँकेले स्थानिय सरकार र जिल्ला स्थित सरोकारवाला निकायको समन्वयमा जिल्लामा ट्राफिक ब्यबस्थापन गर्ने जनाएको छ । बाँके जिल्लामा मापसेको प्रमुख समस्या भएको चर्चा गर्दै बढि भिडभाड हुने स्थान तथा दुर्घटना बढि हुने स्थानको पहिचान गरि कार्ययोजना बनाई कार्यान्वयन गर्दै दुर्घटना न्युनिकरण गर्ने अभियान नै […]