दुर्घटना बढि हुने स्थानको पहिचान गरि कार्ययोजना बनाईने : ट्राफिक प्रहरी

सदरलाइन संवाददाता ६ चैत्र २०७९, सोमबार १४:११
 

कोहलपुर (बाँके) : जिल्ला ट्राफिक कार्यालय बाँकेले स्थानिय सरकार र जिल्ला स्थित सरोकारवाला निकायको समन्वयमा जिल्लामा ट्राफिक ब्यबस्थापन गर्ने जनाएको छ । बाँके जिल्लामा मापसेको प्रमुख समस्या भएको चर्चा गर्दै बढि भिडभाड हुने स्थान तथा दुर्घटना बढि हुने स्थानको पहिचान गरि कार्ययोजना बनाई कार्यान्वयन गर्दै दुर्घटना न्युनिकरण गर्ने अभियान नै चलाईने प्रहरी निरीक्षक तिलक सुनारले बताएका छन् ।

सोमवार बाँकेका पत्रकारहरु संग भेटघाट गर्दै बाँके जिल्लामा सरुवा भएर आएका प्रहरी निरीक्षक सुनारले पहिलो प्राथमिकता मापसे नियन्त्रण गर्नु रहेको बताए । ६८ जना ट्राफिक प्रहरीहरुले जिल्लामा ट्राफिक ब्यबस्थापन गर्नुपरेका भन्दै एक जना ट्राफिक प्रहरीले ९ किलोमिटरको डियुटि गर्नुपर्ने अबस्था भएको चर्चा गर्दै बढ्दो जनघनत्व, सवारीसाधनको चाप र सीमित जनशक्तिका कारण नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापन सुधार गर्न चुनौतिपूर्ण रहेको बताए ।


बिद्यालयहरुमा र रिक्सा मजदुरहरुलाई ट्राफिक अनुशिक्षणको जरुरत भएको औंल्याउदै ट्राफिक प्रहरी निरीक्षक सुनारले कारबाहिमा परेका सवारीचालकहरुको लाईसेन्स होल्ड गरि सचेतना कक्षा दिएर मात्र छोडने गरि कार्य गर्ने बताए । जिल्लाका १९ वटा ठाउँ दुर्घटनाका हिसावले असाध्यै जोखिमपूर्ण छन् । ती क्षेत्रमा विशेष निगरानी हुँदै आएको पनि उनले बताए । जिल्लामा भएका दुर्घटनाको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी टिप्पर, म्याजिक, स्कुटर र मोटरसाइकल छन् ।

तीब्र गतिमा सवारी साधन चलाउने, ट्राफिक नियमको पालना नगर्ने, मापसे गरेर सवारी सचालउने गरेका कारण दुर्घटना भएका छन् । जसले गर्दा आफ्नो ज्यानमात्र गुमाएका छैनन् । उनीहरुका कारण निर्दोष पनि दुर्घटनाको शिकार बनेका छन् । ट्राफिक प्रहरी प्रमुख सुनारले संगठनभित्र आर्थिक अनुशासनलाई मजवुत पारिने विश्वास समेत दिलाए । उनले ट्राफिक प्रहरी आर्थिक लेनदेनमा कतै मुछिएको गुनासो आए सिधै आफूलाई जानकारी दिन पनि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर चौराह क्षेत्रका सुकेका रुख काटियो

६ चैत्र २०७९, सोमबार १४:११
कोहलपुर (बाँके) : कोहलपुर चौराह क्षेत्रका सुकेका रुखहरु व्यवस्थापन गरिएको छ । कोहलपुर नगरपालिकाको समन्वयमा डिभिजन वन कार्यालय र सडक कार्यालयले चौराह क्षेत्रका सुकेका रुखहरु हटाएको हो । सुकेका रुखहरुका कारण पैदलायात्रुलाई ठूलो जोखिम थियो । हावाहुरी चल्ने मौसम भएकाले सुकेका रुखका हांगाहरु भाँचिने र रुखै समेत ढल्ने जोखिम भएकाले […]