सदरलाइनडटकम,
काठमाण्डौ : काठमाण्डौको दुई ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ ६ जना घाइते भएका छन् । घाइतेलाई त्रिवि शिक्षण अस्पताल र ओम अस्पताल लगिएको छ ।
आइतवार अपरान्ह ५ बजे भएको सिलिण्डर विस्फोटमा परेर घाइते भएकालाई त्रिवि शिक्षण अस्पताल र ओम अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । काठमाण्डौको अनामनगर र सुकेधारामा सिलिण्डर विस्फोट भएका हुन् ।
जसमा अनामनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको छ भने सुकेधारमा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सिलिण्डर आफै विस्फोट भएको वा गराइएकोबारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । थप विवरण आउन बाँकी रहेको छ ।
