राँझा विमानस्थलको गेटमा प्रदर्शन

सदरलाइन संवाददाता २८ मंसिर २०७८, मंगलवार १३:२२
 

नेपालगञ्ज : नेपालगञ्जस्थित राँझा विमानस्थलको गेटमा मंगलवार प्रदर्शन गरिएको छ । असल शासन क्लव बासको अगुवाइमा विमानस्थलको अस्तव्यस्तता विरुद्ध प्रदर्शन गरिएको हो ।

विमानस्थल असुरक्षितसँगै व्यवस्थापन अस्तव्यस्त भएको भन्दै शान्तिपूर्णरुपमा प्रदर्शन गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए । विमानस्थल क्षेत्रको झाडी सफाइ नहुँदा जंगली जनावरहरु विमानसँंग पटकपटक ठोक्किने गरेका छन् ।


अहिलेसम्म ठूलो क्षती नभएपनि जोखिम उच्च देखिएको छ । नागरिक उडड्यन कार्यालयले विमानस्थललाई आकर्षक र सुरक्षित बनाउन चासो नै नदिएको शाहले बताए ।

बासले विमानस्थलमा एनाउन्स गर्ने कर्मचारी राख्नुपर्ने, तत्काल झाडी सफाइ गर्नुपर्ने, पार्किङलाई व्यवस्थित गराउनुपर्नेलगायतका माग राखेर शान्तिपूर्ण प्रदर्शन गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मंगलवार ५ जनामा कोरोना पुष्टि

२८ मंसिर २०७८, मंगलवार १३:२२
नेपालगञ्ज : बाँकेमा मंगलवार थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा पाँच जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २९ नमुना परीक्षण गर्दा बाँकेका चारसहित पाँचजनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । योसँगै […]