सामुदायिक अगुवाहरुको राष्ट्रिय सम्मेलन सम्पन्न

सदरलाइन संवाददाता ६ पुष २०७९, बुधबार १८:४०
 

नेपालगञ्ज :  यौन तथा प्रजनन स्वास्थ्य अधिकारको लागि क्रियाशिल महिला र किशोरीहरुका लागि नेपालगञ्जमा दुईदिने सामुदायिक अगुवाहरुको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

समुदायमा आफै खटेर महिला तथा किशोरीहरुले असुरक्षित गर्भपतन रोकेर सुरक्षित गर्भपतन गराउन सहयोग गरी धेरैको ज्यान जोगाएको सफलतालाई मनाउनका लागि सो सम्मेलनको आयोजना गरिएको आईपास नेपालका कार्यवाहक निर्देशक जगदिश्वर घिमिरेले जानकारी दिए ।

उनले विभिन्न जिल्लाका १ सय ५५ महिला तथा किशोेरीहरुले समुदायमा असुरक्षित गर्भपतनबाट धेरैको ज्यान बचाउने सफलता हासिल गरेको र उनीहरुले एक वर्षको अवधिमा ३६ हजार भन्दा बढ़ी महिला र किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्वन्धी सन्देशहरू पुराउन सफल भएको बताए ।


सो कार्यक्रममा सहभागि अछामकी सामुदायिक अगुवा राधाकुमारी साउदले आईपास नेपालले आफुहरु जस्ता सामुदायिक अगुवाहरुलाई यौैन तथा प्रजÞनन स्वास्थ्य तथा अधिकार, लैङ्गिÞक र सामाजिक मुल्यमान्यता, लैङ्गिकहिंसा, सुरक्षित गर्भपतन, र परिवार नियोजन, जलवायु परिवर्तन जस्ता विषयमा तालिम दिएर समुदायमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा जानकारी मुलक काम गनै अभिप्रेरीत गरेको बताईन ।

आइपास नेपालसंग साझेदारी गर्दै आएको साझेदार संस्थाको प्रतिनिधि रोल्पाकी ममता खत्रीले सामुदायिक अगुवाले समाजमा लोकलाजको कारणले असुरक्षित गर्भपतनबाट महिला र किशोरीले अनाहकमा ज्यान गुमाउन नपरोस भनेर सक्रिय रहेको र यस्ता किशोरी तथा आईपासका बीचमा साँघुको काम गर्दै आएको बताईन ।

सामुदायिक अगुवाको परिचालन पछि गरिएको एक अध्ययनले उन्नीहरुले असुरक्षित गर्भपतन सम्वन्धमा समुदायलाई वुझाउन महत्वपूर्ण परिवर्तंन ल्याएको पाईएको दाबी गरिएको छ । यो कार्यक्रम लम्बिनी प्रदेशका पाल्पा, रोल्पा र अर्घाखांची तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम, डोटी, र डड़ेलधूरा जिल्लामा संचालित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गैर पत्रकारको सदस्यता र स्थानान्तरण रोक्न प्रेस युनियनको दवाव

६ पुष २०७९, बुधबार १८:४०
नेपालगञ्ज : गैर पत्रकारको सदस्यता र स्थानान्तरण रोक्न नेपाल प्रेस युनियन बाँकेले दवाव दिएको छ । नेपाल पत्रकार महासंघ बाँकेलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाउँदै युनियनले यस्तो दवाव दिएको हो । सदस्यता शुद्धिकरणका बारेमा गहन बहस चलिरहेका बेलामा महासंघ बाँकेमा अन्यत्रबाट सदस्यता स्थानान्तरण तथा प्रक्रिया नपु¥याइएर गरिएको सदस्यता सिफारिसलाई कायम भएको […]