नेपालगञ्ज : नेपाल उद्योग तथा ब्यापार माहासंघ बाँकेको नेतृत्वमा नेपालगञ्जका ब्यबसायी भिमबहादुर रानाभाट सर्वसम्मत रुपमा चएन भएका छन् । शुक्रबार नेपालगञ्जमा सम्पन्न माहासंघको दोस्रो जिल्ला अधिवेसनवाट रानाभाट निर्वाचित भएका हुन ।
बाँकेको आठैवटा पालिकाका नेकपा एमाले निकट उद्योगी व्यबसायीहरुको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा नेपाल उद्योग तथा ब्यापार माहासंघका केन्द्रीय उपाध्यक्ष डेकनाथ गौतम प्रमुख अथिति रहेका थिए ।
निर्वाचन मण्डलका अनुसार जम्मा ३१ सदस्य रहने कार्यसमितिमा अध्यक्ष १ जना, २ जना उपाध्यक्षहरुमा उषा थापा र श्याम सुन्दर अधिकारी सचिवमा बिष्णु खनाल, कोषाध्यक्षमा पिताम्वर मरासिनी निर्वाचित भएका छन ।
यसैगरी उपसचिवमा रामचन्द्र तिवारी, शर्मिला खत्री र अनन्त कुमार शाह निर्वाचित भएका छन । साथै सह कोषाध्यक्ष्यमा बिष्णु मायाँ शाही सर्वसम्मत निर्वाचित भएका हुन ।