बाँकेको धौलागिरीमा पाटेबाघको अक्रमणमा परी तीन घाइते

१३ जेष्ठ २०७६, सोमबार १९:५५
 

सदरलाइनडटकम,
नेपालगन्ज : बाँके धौलागिरिमा सोमबार साँझ पाटेबाघको आक्रमणमा परेर तीन जना घाइते भएका छन् ।

घाइते मध्ये खजुरा गाउपालिका वडानं. ३ को धौलागिरिका ५० वर्षिय दीपबहादुर श्रीसको मात्र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको छ । बाँकी दुईजना घाइतेको खोजी भई रहेको छ ।

नेपालगन्जदेखि करिब ९ किलोमिटर दक्षिण पश्चिममा रहेको किरण नालाको झाडिमा लुकेर बसेको बाघले श्रीसको देब्रे पाखुरा ढाड र शरिरका अन्यभागमा आक्रमण गरी घाइते बनाएको छ ।


स्थानीय दिलबहादुर श्रीसका अनुसार नालाको झाडिमा माछामार्न गएका दुईजनालाई अज्ञात जनावरले आक्रमण गरी घाइते बनाएको भन्ने जानकारी आएपछि घटना भएको स्थानमा कुकुर सहितको समुह बुझ्न जाँदा एक्कासी पाटे बाघले आक्रमण गरेपछि आफ्नो हातमा रहेको रडले प्रहार गरी बाघको आक्रमणबाट दिपबहादुरलाई छुटाएको थियो ।

बाघ फेलापरेको स्थानमा ग्रामिण बस्ती रहेको र नालाको दुबै छेउमा रहेको झाडिमा बाँके, बर्दिया राष्ट्रिय निकुञ्जबाट गाउ प्रवेश गरेको हुनसक्ने आंकलन गरिएको छ । यसैबीच बाघ देखिएको स्थानमा जिल्ला डिभिजन बन कार्यालय तथा नेपाल प्रहरीको टोली परिचालित गरिएको छ ।

Next Post

मानवअधिकार आयोगमा सातसय बढी उजुरी

१३ जेष्ठ २०७६, सोमबार १९:५५
सदरलाइनडटकम, नेपालगञ्ज : राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्ज कार्यालयमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७६१ उजुरी परेका छन् । मानवअधिकार हनन्सम्बन्धी उजुरी पर्नेमा बाँके पहिलो नम्बरमा रहेको बताइएको छ । आयोगका अनुसार दोस्रोमा रोल्पा र तेस्रोमा बर्दिया रहेका छन् । त्यस्तै चौथोमा पूर्वी रुकुम, पाँचौँमा दाङ र छैठौँमा प्यूठान रहेका छन् […]

सम्बन्धित

ताजा अपडेट