धनगढीमा श्रीमानको हत्याआरोपमा श्रीमती पक्राउ

सदरलाइन संवाददाता ३१ आश्विन २०७८, आईतवार १३:१८
 

कैलाली : कैलालीको धनगढीमा एक जनाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।उनको हत्याको आशंकामा प्रहरीले श्रीमती अमृता चौधरी सहित चार जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार बिहानै घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए ।


शवको प्रकृति हेर्दा हत्या गरेको आशंकामा मृतक चौधरीकी श्रीमती सहित ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताए ।

शुक्रबार साँझ साथीको घरमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा मृतककी श्रीमती,उनको केटा साथी बिष्णु चौधरीले घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरी उपरीक्षक अधिकारले बताए । अन्य दुईजनाको बारेमा भने घटनामा संलग्न रहे नरहेको अनुसन्धान भैरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठुलो परिमाणमा मोबाइल सेट बरामद

३१ आश्विन २०७८, आईतवार १३:१८
नेपालगञ्ज : भन्सार छलेर नेपालगञ्ज भित्र्याइएको ठुलो परिमाणमा मोबाइल सेट बाँके प्रहरी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बाट ९ सय थान इटेल कम्पनीको कि–प्याड मोबाइल सेट बरामद गरेको हो । ६ लाख ३० हजार मूल्य बराबरको उक्त मोबाइल आवश्यक कारबाहीका […]