२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

इलाका प्रहरी कार्यालय कोहलपुरका ७ प्रहरी पुरस्कृत



कोहलपुर (बाँके) : फागुन महिनामा उत्कृष्ट कार्य सम्पादन गर्ने ७ जना प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन स्वरूप ईलाका प्रहरी कार्यालय कोहलपुरले पुरस्कृत गरेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले नगद पुरस्कार प्रदान गरी पुरस्कृत गरेका हुन् ।

सो अवसरमा मातहत प्रहरी ईकाइका प्रमुखहरूलाई प्रहरी सेवा प्रवाह आम नागरिकको अपेक्षा बमोजिम हुनुपर्ने, उच्च व्यवसायिक निष्ठा कायम गर्नुपर्ने, अपराध रोकथाम तथा न्यूनीकरणमा समुदाय प्रहरी साझेदारीको अवधारणा अनुरूप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका विषयमा निर्देशन समेत दिएका थिए ।

प्रकाशित मिति : २०७९ चैत ९ गते बिहीबार
ताजा समाचार