२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जनमा जोड



कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा समावेशी जीविकोपार्जनको लागि स्थानीय सरकार र सेवा प्रदायकबीच छलफल गरिएको छ ।

सिविएम ग्लोबलको सहयोग तथा अपाङ्गता सशक्तिकरण एवम् संचार केन्द्र डेक नेपाल बाँकेको आयोजनामा भएको छलफलमा कोहलपुरका जनप्रतिनिधि, सहकारी, लघुवित्त, पालिकास्तरीय संजालका सदस्यहरुको उपस्थितिमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक पारस विकले जानकारी दिए ।

त्यसक्रममा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा उनीहरुको जीविकोपार्जनमा कसरी टेवा पुर्याउन सकिन्छ भन्ने बिषयमा आ–आफ्नो धारणा राखेका थिए । आर्थिक आयआर्जनका कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच स्थापनाका लागि सबैको सहकार्य र सहयोग जरुरी रहेकोमा सबैको एक मत थियो ।

अहिले अपाङ्गता भएका व्यक्तिहरुको मुख्य सवालनै उनीहरुको जीविकोपार्जन हो । त्यसका लागि स्थानीय सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा धेरैको जोड थियो ।

कार्यक्रममा सहभागी कोहलपुर नगरपालिकाका प्रशासकीय अधिकृत टिकाराम ढकालले अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जनमा टेवा पु¥याउने गरी नगरपालिका लागिरहेको बताए । उनले त्यसका लागि केही बजेट समेत विनियोजन गरेको उल्लेख गरे ।

प्रकाशित मिति : २०७९ चैत १३ गते सोमबार
ताजा समाचार