२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

अमनचयन कायम राख्न सबै लाग्नु पर्ने : प्रहरी निरीक्षक बेल्वासे



खजुरा (बाँके) : ईलाका प्रहरी कार्यालय धनौली खजुराको इन्चार्जको रुपमा सरुवा भई आउनुभएका प्रहरी निरीक्षक सन्दिप वेल्वासेले खजुराबासीसँग सोमबार अन्तरक्रिया गरेका छन् ।

सो क्रममा खजुरास्थित जन निर्वाचित प्रतिनिधी, राजनीतिक दलका नेता कार्यकर्ता, समाजसेवी, नागरिक समाजका अगुवा लगायतले खजुरामा लामो समयदेखि विद्यमान सुरक्षा समस्या अवगत गराउँदै नियन्त्रणका लागि सुझाव दिएका छन् ।

लगुऔषध सेवन नियन्त्रण, भन्सार चोरी र तस्करी नियन्त्रण, गौवध नियन्त्रण, चोरी लगायत विभिन्नखाले अपराध नियन्त्रणका लागि कार्ययोना बनाएर अघि बढ्न प्रहरी निरीक्षक वेल्बासेलाई सुझाव दिइएको छ । यसैगरी ट्राफिक ब्यवस्थापन र ट्राफिक नियम पालनाका लागि पनि सुझाव दिइएको छ ।

कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, उपाध्यक्ष मञ्जु मल्ल लगायतले खजुरामा शान्ति सुरक्षा बलियो बनाउन गाउँपालिकाले रचनात्मक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

प्रहरी निरीक्षक बेल्वासेले शान्ति, सुरक्षा स्थापना र अमनचयन कायम राख्न प्रहरी दिनरात लाग्ने भन्दै सबै पक्षको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति : २०७९ फागुन २९ गते सोमबार
ताजा समाचार