सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिने

सदरलाइन संवाददाता २३ माघ २०७९, सोमबार १४:४७
 

नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिने तयारी गरेका छन । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २५ माघमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वानका लागि प्रदेशसभा सचिवालयलाई आग्रह गरेका छन् ।

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार बिहान ११ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिनेगरी तयारी थालिएको जानकारी दिए । नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता समेत रहेका रावलले २६ माघभित्र विश्वासको मत लिइसक्नुपर्ने छ ।


सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको मुद्दामा अदालती प्रक्रिया अघि बढेपछि मात्र मुख्यमन्त्रीलाई विश्वासको मत दिनेबारे निर्णय लिने बताउदै आएको थियो । सर्वोच्च अदालतले आइतबार चौधरीको मुद्दामा दुवै पक्षलाई बोलाउने आदेश गरेपछि नाउपा सकारात्मक बनेको छ ।

नागरिक उन्मुक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा दलको बैठक बसेर निर्णय लिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्रबारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

२३ माघ २०७९, सोमबार १४:४७
नेपालगञ्ज : शुक्रबार साँझबाट बन्द भएको कर्णाली राजमार्ग सोमबार बिहानदेखि खुलेको छ । हुम्लाबाट नेपालगञ्ज आउँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले दैलेखेको सिम भन्ने ठाउँमा ठक्कर दिएर दैलेख आठबिस नगरपालिका वडा नं. ४ का वर्ष ५५ का तिलक माझीको मृत्यु भएपछि स्थानीयले बन्द गरेको कर्णाली राजमार्ग खुलेको हो […]

सम्बन्धित