सल्लाहकारमा बस्न डा. पाण्डेद्वारा अस्विकार

सदरलाइन संवाददाता ४ श्रावण २०७९, बुधबार १४:०६
 

नेपालगञ्ज : भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिशियन तथा सिकलसेल विज्ञ डा. राजन पाण्डेले सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको सल्लाहकारमा बस्न अस्विकार गरेका छन् ।

उनले जानकी गाउँपालिकामा सिकलसेल अस्पताल स्थापना गर्न गठन भएको सल्लाहकार समितिमा आफूलाई नसोधेर राखिएको प्रति आपत्ती जनाएका छन् । ‘समिति गठन गर्ने बैठकमा उपस्थित नै नभएको ब्यक्तिलाई सल्लाहकारमा कसरी राखियो ? राख्नै पर्ने भए एक पटक सोधेको भए हुन्थ्यो । मेरो यसमा आपत्ती छ,’ उनले भने ।


उनले सिकलसेल एनिमिया र थाल्सेमियाका विरामीका लागि अनुसन्धान केन्द्र आवश्यक भएको बताए । स्थानीय स्तरमा रहेका अस्पताललाई बलियो बनाएर त्यहिँ सिकलिङ गर्ने र उपचार गर्ने ब्यवस्था मिलाउनु पर्ने उनको भनाई छ । ‘अनुसन्धान केन्द्र आवश्यक छ, तर छुट्टै अस्पताल हुनु पर्छ भन्ने पक्षमा म छैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेलगायत आसपासका जिल्लामा भारी वर्षा

४ श्रावण २०७९, बुधबार १४:०६
नेपालगञ्ज : बाँके र बर्दियाका धेरै स्थानहरूमा बुधवार बिहान भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार बाँकेका ढकेरी, खजुरा र नेपालगञ्ज, बर्दियाका रम्बापुर, रानीजरुवा नर्सरी र गुलरिया तथा आसपासका धेरै स्थानहरूमा भारी वर्षा मापन गरिएको हो । आगामी तीन घण्टा यस […]