बीमा दाबी गर्न आफ्नै गाडीमा आगजनी

सदरलाइन संवाददाता १ फाल्गुन २०७९, सोमबार १३:४७
 

बर्दिया : बीमाको रकम दाबी गर्न बर्दियामा चालकले फोर्स गाडीमा आगजनी गरेका छन् । जिल्ला प्रहरीका कार्यालय बर्दियाका प्रहरी सहायक हबल्दार नाराण ओलीले गाडी बिग्रिएकाले मर्मतका लागि बढी रकम लाग्ने हुँदा चालकले बीमा दाबी गर्न गाडीमा आगजनी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।

प्रहरी सहायक हबल्दार ओलीका अनुसार आइतवार राति २ बजे बर्दिया मधुवन नगरवपालिका–४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकखण्डमा लु २ ख २०८४ नम्बरको सेतो रङको फोर्स गाडीमा आगलागी भएको खबर कार्यालयमा आएको थियो ।

खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट प्रहरी टोली खटिइ घटनास्थलमा पुग्दा गाडीको पूरै भाग पूर्णरुपमा जली नष्ट भएको अवस्थामा रहेको प्रहरी जनाएको छ ।


प्रहरी सहायक हबल्दार ओलीले घटनास्थलमा पुग्दा कुनै पनि व्यक्ति नरहेको र सो घटनाबारे अनुसन्धान गर्ने क्रममा उक्त गाडीका चालक बर्दिया मधुबन नगरपालिका–२ गंगापटुवा बस्ने रामु चौधरीलाई नियन्त्रणमा लिएको बताए । चालक चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बीमाको रकम दाबी गर्न फोर्स गाडीमा आगजनी गरेको खुल्न आएको जानकारी उनले दिए ।

गाडी चालक चौधरीले गाडीमा डिजल छर्की आगो लगाई घरतर्फ गएको थप अनुसन्धानबाट खुल्न आएको प्रहरी सहायक हबल्दार ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा लागूऔषधसहित युवक पक्राउ

१ फाल्गुन २०७९, सोमबार १३:४७
बर्दिया : इलाका प्रहरी कार्यालय, मथुराहरीद्वारबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा गुलरिया नगरपालिका—९ खालीपुरुवाबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याउन लागेको लागूऔषधसहित उनलाई सीमावर्ती गाउँमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँका २४ वर्षीय शहाबुद्दिन शेषलाई शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा लागूऔषध […]

सम्बन्धित