नेपालगञ्जमा आयोजना हुने एमाले निकट नेपाल मुस्लिम इत्तेहादको महाधिवेशनको तयारी तीब्र

लक्ष्मी तिमिल्सेना १६ बैशाख २०८२, मंगलवार १८:५४
 

नेपालगञ्ज :  नेपालगञ्जमा आयोजना हुन लागेको नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशनको तयारी तीब्र पारिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्र तय भएको छ ।

सो महाधिवेशन आगामी बैशाख २० र २१ गते नेपालगञ्मा सम्पन्न हुने गरी तयारी तीब्र पारिएको एमाले केन्द्रीय सदस्य तथा मुस्लिम फाँट ईन्चार्ज मो हारुण कादरीले जानकारी दिए । सो महाधिवेश नेपाली राजनीति र मुस्लिम समुदायको सामाजिक सशक्तिकरणका दृष्टिले महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको उनले बताए छ ।

यस महाधिवेशनले सिमान्तकृत समुदायको समग्र अधिकार र आन्दोलनको समीक्षा गर्दै नयाँ नेतृत्व चयन गर्नुका साथै मुस्लिम समुदायलाई सामाजिक रुपान्तरण गर्न मार्गनिर्देश गर्ने अपेक्षा लिएको उनले जानकारी दिए ।

उनले यस महाधिवेशनमा देशभरिबाट ६ सय जना प्रतिनिधि तथा २० हजार जनसमुदायको समेत उपस्थिति हुने बताए । हजारौंको संख्यामा हुने सहभागिताले राजनितिक मात्रै नभई यहाँको अर्थ, पर्यटन तथा ‘हस्पिटालिटि’का दृष्टिकोणले पनि महत्वपुर्ण कार्यक्रमका रुपमा हेरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेत पायक परोस भन्ने हेतुले लुम्बिनी प्रदेशको नेपालगञ्जमा महाधिवेशन गर्न लागेको नेकपा एमालेका केन्द्रिय सदस्य तथा मुस्लिम फाँट ईन्चार्ज मोहम्मद हारुनले जानकारी दिए ।


महाधिवेशनबाट सर्वसहमत रुपमा नेतृत्व चयन गर्ने उल्लेख गर्दै मुस्लिम फाँट ईन्चार्ज कादरीले प्रतिनिधिहरुको चाहना र भावना अनुसार अघि बढ्ने बताए ।

उनले भने,‘काठमाडौ पछिको महत्वपुर्ण मानिएको नेपालगञ्ज शहरको महत्व घटिरहेका बेला हुन लागेको यस अधिवेशनले पश्चिम नेपालको नेपालगञ्जमा पनि यति ठूला कार्यक्रमको आयोजना गर्न सकिन्छ । यहाँको बजार र यहाँका व्यक्ति तथा नेतृत्वहरु त्यसका लागि सक्षम छन् भन्ने कुराको सन्देश देशभर जाने छ ।’

महाधिवेशन तथा जनसभालाई सफल पार्नका लागि विभिन्न समिति, उप समिति गठन गरि गाउँस्तरबाट तयारी सुरु गरिएको छ ।
महाधिवेशनको प्रचार प्रसारसँगै मुस्लिम समुदायका मुद्दामा एमालेको भूमिका र सम्बोधन बारे छलफल भइरहेको छ । पार्टीका स्थानीय अगुवाहरूले महाधिवेशनलाई सफल बनाउन पार्टीभन्दा माथि उठेर साथ दिने प्रतिबद्धता जनाएका छन् ।

मुस्लिम विद्यार्थीका लागि छुट्टै विश्वविद्यालय स्थापनामा एमालेले पहल गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य हलवाईले बताए । उनका अनुसार, यो महाधिवेशन बाँकेको विकास निर्माण र पछाडि परेका वर्गका अधिकारका विषयमा प्रधानमन्त्री समक्ष आवाज उठाउने अवसर पनि हो । उनले प्रधानमन्त्रीलाई जिल्लाका मागहरू समेटिएको ज्ञापनपत्र बुझाइने र त्यसलाई महाधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गरिने विश्वास व्यक्त गरे ।

महाधिवेशन तयारी समितिका संयोजक अब्दुल करिम खानले महाधिवेशनलाई बाँकेको विकास, शिक्षा, स्वास्थ्य र अल्पसंख्यक समुदायका अधिकारका विषयमा केन्द्रसम्म आवाज पुर्याउने अवसरका रुपमा आफुले हेरेको बताउछन् ।

यस्तै, नेकपा एमाले बाँकेका पूर्व अध्यक्ष किस्मत कुमार कक्षपतिले महाधिवेशन सफल पार्ने प्रतिबद्धता व्यक्त गर्दै एमाले नेतृत्वका विभिन्न तहमा मुस्लिम समुदायको विकासका लागि निरन्तर काम भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस महाधिवेशन समयमै हुनु पार्टीको वैधानिक, नैतिक र राजनीतिक आवश्यकता होः महामन्त्रीका उम्मेदवार महर

१६ बैशाख २०८२, मंगलवार १८:५४
काठमाडौं :  नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा १५औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार नैनसिंह महरले पार्टीको महाधिवेशन कुनै पनि बहानामा सार्न नहुने बताएका छन् । उनले तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नु पार्टीको वैधानिक, नैतिक र राजनीतिक आवश्यकता भएको स्पष्ट पारे । महाधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्व तहबाटै विभिन्न कोणबाट मिति […]