नेपालगञ्ज विमानस्थलमा हवाई दुर्घटना व्यवस्थापन नमुना अभ्यास

रुद्र सुवेदी ९ फाल्गुन २०८१, शुक्रबार १७:५७
 

नेपालगञ्ज : नेपालगञ्ज विमानस्थलको हवाई धावनमार्गमा हवाई दुर्घटना व्यवस्थापन नमुना अभ्यास कार्य सम्पन्न गरिएको छ । नेपाल नागरिक उड्डयन प्रधिकरण कार्यालय नेपालगञ्जको आयोजनामा राझाँस्थित विमानस्थलको हवाई धावनमार्गमा हवाई दुर्घटना व्यवस्थापन नमुना अभ्यास कार्य सम्पन्न गरिएको हो ।

नेपालगञ्ज विमानस्थल प्रमुख सुम्मत चौधरीले सुरक्षित हवाई यात्राका लागि विमानस्थल व्यवस्थापनले विमानस्थल आपतकालिन योजना अनुसार हरेक २ वर्षमा कृतिम घटना अभ्यास गर्ने र हुनसक्ने क्षति न्यूनिकरणसंगै उद्दार उपचारको प्रबन्धलगायतको कार्य गरिएको जानकारी दिए ।

उनले भने–‘ आईकाउको नियम अनुसार सर्टिफाईड विमानस्थलहरुले प्रत्येक २–२ वर्षमा विमानस्थल आपतकालिन योजना तयार गर्ने र सोही योजना अनुसार कृतिम घटना अभ्यास गर्ने गरिएको छ । यो पनि सोही अनुसार गरिएको हो ।

उनले विमानस्थलमा केही दुर्घटना भईहालेमा कसरी उद्दार गर्ने, उपचारको प्रबन्ध कसरी मिलाउने, तथा दुर्घटनामा क्षेती न्युनिकरण कसरी गर्ने लगायतको लेखाजोखा गर्न सजिलो हुने भएकोले कार्यक्रमको आयोजना गरिएको बताए ।

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नेपलागञ्ज विमानस्थलमा संकट व्यवस्थापनको अवस्था पत्ता लगाउने उदेश्यले आयोजना गरिएको नमुना अभ्यास कार्यले हुनसक्ने दुर्घटना न्यूनिकरणको लागि सहयोग पुग्ने बताए ।


उनले भने–‘ यस्तो अभ्यासले घटना भईहालेमा कसरी समन्वय गरी सेवा प्रवाह गर्ने भन्ने कुरा जनाउने छ । खोज तथा उद्दारमा खटिनेलाई पनि अभ्यस्थ बनाउने भएकोले यो उपयोगि छ ।’ कृतिम घटना अभ्यास कार्यक्रमले घटना भईहालेमा कसरी जोगिन सकिन्छ भन्ने कुरा पनि सन्देश दिने हुँदा उपयोगी छ ।’

शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा नेपालगञ्ज विमानस्थलमा काल्पनिक हवाई दुर्घटना भई आगलागी भएपछि आगो निभाउन नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र विमानस्थलमा रहेको दमकल सहित ३ ओटा दमकल प्रयोग गरिएको थियो ।

दुर्घटनाग्रस्त विमानमा घाईते भएका सबैको उद्दार र प्राथमिक उपचारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थल स्थित उद्धार तथा अग्नि निवारक, भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, नेपालगञ्ज नेपाल रेडक्रश, एयरलाईन्सका कर्मचारी, तथा अन्य उद्धारकर्ताहरु संलग्न भई उद्धार गरिएको थियो ।

उक्त नमुना अभ्यास कार्यमा शुक्रबार बिहान ११ बजेर ५ मिनेटमा काल्पनिक ईको एयरको एम ए ७२ हेलन विमानस्थलबाट बारकोट बिमानस्थलको लागि उडान भएको फ्लाईट नम्बर ईको ४०० वायुयान हेलन विमानस्थलको दक्षिण पुर्व क्षेत्रमा स्थानीय अनुसार ११ बजेर १७ मिनेट जाँदा दुर्घटना भएको देखाईएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामुदायिक विद्यालय सुधारका लागि लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

९ फाल्गुन २०८१, शुक्रबार १७:५७
अर्घाखाँची : सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु गरिने भएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु गर्न लागेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार आफूले अध्ययन […]

ताजा अपडेट