स्वादका कुरा : नेपालगञ्जको पान !

लक्ष्मी तिमिल्सेना १५ आश्विन २०७८, शुक्रबार ११:४२
 

नेपालगञ्ज  : पान मसलाको रुपमा प्रयोग गरिने भएपनि नेपालगञ्जमा भने यसलाई अम्मल वा लतको रुपमा प्रयोग गर्ने गरिएको छ । प्राय खाना तथा खाजा खाएपछि मुखमा खानाको स्वाद हटाउन पान खाने प्रचलन रहेको छ । कसैकसैले भने पानलाई अम्मलको रुपमा पनि प्रयोग गर्ने गरेको पाईन्छ ।

खासगरेर नेपालगञ्जमा प्रचिन कालदेखि नै विभिन्न प्रजातिको पानको पातमा विभिन्न खालको मसला राखेर खाने चलन रहेको छ । मिठा पत्ता, सादा पत्ता, कलकत्ते पत्ता, मुगई पत्ता, पिला पत्ता पानका पातको प्रजाति हुन यी प्रजाति भन्दा पनि अरु प्रजातिको पान हुनसक्छ तर यी सबै प्रजातीका पान भने सजिलै नेपालगञ्जमा पाईन्छ ।

उल्टो पानको पातमा खाने चुना र कत्थाको लेप लगाएर त्यसमाथि सादा वा तम्बाखु स्वाद अनुसारको पान घरमै वा पसलमा बनाएर खाने प्रचलन रहेको छ । नेपालगञ्जमा पछिल्लो समय ‘फाएर’ पानको चर्चा र स्वाद लिन आउनेहरुको ताँती लाग्ने गरेको छ । नेपालगञ्जको एक्लैनी बजार, सदरलाइन, त्रीभुवन चोक, बीपीचोक, घरबारी टोल र सुर्खेतरोड लगायत यहाँका हरेक गल्लीहरुमा पान पसल भेट्न सकिन्छ । तर, ‘फाएर’ पानको स्वाद लिन भने त्रीभुवन चोक, धम्बोझी चोक आसपानै पुग्नुपर्छ ।


नेपालगञ्ज–१ धम्बोझका दिपककुमार नागको परिवारले नेपालगञ्जका दुई मुख्य चोकमा पान पसल सञ्चालन गरेका छन् । पान बनाएर बेच्नु उनको परिवारको पुख्यौली पेशा हो । विगत ३५ वर्ष यता धम्बोझीमा पान बेचिरहेका उनले त्रीभुवन चोकमा पनि पान बेच्दै आएका छन् । उनको पसलमा बनाएको पानको स्वाद ग्राहकको जिब्रोमै झुन्डिने भएकोले एकपटक पान खाएको व्यक्ति पुन फर्केर आफुकहाँ आउने उनको दाबी छ ।

लामो समय धम्बोझीमा पान पसल सञ्चालन गरेका उनले दुई वर्षअघि पानको अर्को पसल त्रीभुवन चोकमा थपेका छन् । उनी कहाँ थुप्रै ठाँउबाट पानका पारखिहरु पान खान आउने गरेको बताउछन् । उनी एउटा पानमा ३५ थरीसम्मको मसला मिसाउदै पान तयार गर्छन् । जसले पानका पारखिहरुको जिब्रोको भोक शान्त पार्छ ।

सामान्यतया पान मिठा, सादा वा जर्दा गरी ३ प्रकारका भए पनि यी पानहरुमा मिसाईएका नयाँ नयाँ स्वादले यहाँका पान पारखीहरुलाई लोभ्याउने गरेको छ । ‘पानले न प्यास मेट्छ न भोक मेट्छ । तर, पानले जिब्रोको तलतल मेट्छ र मान्छेलाई स्फुर्ति दिदै फ्रेश भएको अनुभव हुन्छ’–फायर पान खाँदै गरेका साहिल शेखले बताए ।

पान मान हो । पान सभ्यता हो । मुस्लिम र मधेसी समुदायमा पाहुनाको सत्कारका लागि पान पेश गरिन्छ । नेपालगन्जका स्थानिय हारुन हल्वाई त दिनमै २०–२५ वटा पान सक्छन् । पहिलो पत्ता, ताजा पत्ता, मिठा पत्ता, बङगाली, कलकत्ते र बनारसी पान उनले बढी रुचाउछन् । ‘कसैको घरमा जाँदा पान दिईएन भने ‘चिया त परै जावस पान पनि सोधेनन्’ भन्ने त चलनै छ, यहाँका स्थानियहरुको’– हारुनले भने । पानमा रहेको विभिन्न मसलाले मुखको दुर्गन्ध हटाउन, घाँटीको सफाई गर्न, पेटको पाचन क्रिया चुस्त राख्न मद्दत गर्ने हारुनको दावि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा वडाबाटै राजश्व संकलनको तयारी

१५ आश्विन २०७८, शुक्रबार ११:४२
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले वडा तहबाट राजश्व संकलनको तयारी गरिरहेको छ । जिआईजेडको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको सूचना प्रविधी तथा विद्युतीय साक्षरता सम्बन्धि अभिमुखिकरणको उदघाटन गर्दै कार्यबाहक मेयर उमा थापा मगरले उपमहानगरपालिकाको कार्यालयबाट मात्रै भईरहेका केही राजश्व संकलनको कार्य केही समयभित्रै वडा कार्यालयबाट हुने जानकारी दिइन् । उपमहानगरपालिका […]