चितुवाको आक्रमणबाट नौ वर्षीया बालिकाको मृत्यु

सदरलाइन संवाददाता १५ बैशाख २०८२, सोमबार १२:४०
 

 

नेपालगन्ज : चितुवाको आक्रमणमा नौ वर्षीया बालिकाको सोमबार बिहान मृत्यु भएको छ। गुलरिया नगरपालिका वडा नम्बर ६ र ८ को सीमानामा पर्ने मंतगा सामुदायिक वनमा आफन्तसँग दाउरा टिप्न गएकी गेरुवा गाउँपालिका–६ की मेलिना खड्काको चितुवाको आक्रमणमा मृत्यु भएको हो। खड्का गुलरियामा आफन्तको व्रतबन्धमा सहभागी हुन आएकी थिइन्।


घटनास्थल गुलरिया नगरपालिकाको डम्पिङ साइट नजिक भएकाले फोहोर फाल्न गएका सरसफाइकर्मीले बालिकाको उद्धार गरेका थिए। चितुवाको आक्रमणमा बालिकाको मृत्यु भइसकेको प्रहरी उपरीक्षक केदार खनालले बताए।

जिल्लाको गुलरिया र मधुवनमा नौ वर्षीया खड्का र अढाई वर्षीय बालक गरी दुई जनाको चितुवाको आक्रमणमा मृत्यु भइसकेको छ। यस्तै, गुलरिया बालापुर गाउँका दश वर्षीय सृजन चौधरी चितुवाको आक्रमणमा घाइते भएर उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा आयोजना हुने एमाले निकट नेपाल मुस्लिम इत्तेहादको महाधिवेशनको तयारी तीब्र

१५ बैशाख २०८२, सोमबार १२:४०
नेपालगञ्ज :  नेपालगञ्जमा आयोजना हुन लागेको नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशनको तयारी तीब्र पारिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्र तय भएको छ । सो महाधिवेशन आगामी बैशाख २० र २१ गते नेपालगञ्मा सम्पन्न हुने गरी तयारी तीब्र पारिएको एमाले […]

सम्बन्धित