बर्दियामा सिमा क्षेत्रका सरोकारवालालाई मानब बेचबिखन बिरुद्ध तालिम

सदरलाइन संवाददाता १६ बैशाख २०८२, मंगलवार २०:१३
 

 

मधुबन (बर्दिया) :  प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको आर्थिक तथा प्राबिधिक सहयोगमा सुरक्षा परियोजना अन्तर्गत मधुबन नगरपालिकाको आयोजनामा सिमा क्षेत्रका कर्तब्य पालक तथा सरोकारवालाका लागि मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध २ दिने तालिम सम्पन्न भएको छ ।

मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रण बारे सिमा क्षेत्रका कर्तब्य पालक तथा सरोकारवालाहरुको क्षमता विकास गर्ने उदेश्यले संचालित तालिमको उद्घाटन सत्रको अध्यक्षता मधुबन नगरपालिकाका नगर प्रबक्ता मेकबहादुर गुरुङले गेका थिए ।

उदघाटन सत्रमा बोल्दै गुरुङले मानब बेचबिखन तथा ओसारपसारका घटना दिनदिनै बढ्दै गएको र यसलाई नियन्त्रण गर्न चुनौती देखिएकाले यसका बिरुद्ध लड्न स्थानीय सरकार ,प्रहरी संघ संस्था ,स्थानीय निगरानी समूह सक्रिय भएर अभियान संचालन गर्ने कुरामा जोड दिए ।

२ दिने तालिममा मानब बेचबिखन तथा ओसारपसारको अवधारणा , यसका कारण ,मानब तस्करी, शोषण, कानुनी प्रावधान, मानब दलाले अपनाउने तरिका , मानब तथा बाल बेचबिखन रोकथामका उपाय , स्थानीय तहका प्रयास तथा भूमिकाका बारेमा माइती नेपाल कार्यक्रम संयोजक अधिबक्ता केशब कोइराला र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक इश्वर बिकले सहजीकरण गरेका थिए ।


कार्यक्रम संचालन महिला बालबालिका शाखा प्रमुख इन्द्रा चुनाराले गरेको सो तालिममा समूह कार्य मार्फत मानब बेच बिखन नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधि ,कर्मचारी ,नेपाल प्रहरी , सशस्त्र प्रहरी र संघ संस्थाको दायित्व तथा भूमिका बारे प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै पालिकाका उप प्रमुख अनिता चौधरीले मानब बेचबिखन तथा ओसारपसार का घटना नियन्त्रण गर्न स्थानीय सरकार ,संघ सस्था ,प्रहरी स्थानीय समुह सक्रिय भएर लाग्नु पर्नेमा जोड दिईन । समुदाय प्रहरी साझेदारी कार्यक्रम र सिमा क्षेत्रमा प्रहरी निगरानी बढाउनु पर्ने कुरामा जाड दिईन ।

कार्यक्रममा पालिकाका उप प्रमुख, वडा अध्यक्ष, बरिस्ठ प्रशासकिय अधिकृत पार्वती पण्डित, शिक्षा शाखा प्रमुख, महिला बालबालिका शाखा प्रमुख, सशस्त्र प्रहरी निरीक्षक, सहायक प्रहरी निरीक्षक, बाँके युनेस्को क्लबका उप कार्यकारी निर्देशक गोबिन्द प्रसाद लामिछाने र फिल्ड सुपरभाइजर सावित्रा भाट, तालिममा लगायत २३ जनाको सक्रिय सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै पत्रकार महासंघ दैलेख

१६ बैशाख २०८२, मंगलवार २०:१३
  दैलेख  :  नेपाल पत्रकार महासंघको दैलेख शाखाले शुक्रबार वैशाख १९ गते रक्तदान तथा नसर्ने रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर गर्न लागिएको नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले जानकारी दिए । दैलेख अस्पतालसंगको सहकार्यमा देवकोटा […]