शुक्रबारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

सदरलाइन संवाददाता २३ माघ २०७९, सोमबार १४:५५
 

नेपालगञ्ज : शुक्रबार साँझबाट बन्द भएको कर्णाली राजमार्ग सोमबार बिहानदेखि खुलेको छ । हुम्लाबाट नेपालगञ्ज आउँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले दैलेखेको सिम भन्ने ठाउँमा ठक्कर दिएर दैलेख आठबिस नगरपालिका वडा नं. ४ का वर्ष ५५ का तिलक माझीको मृत्यु भएपछि स्थानीयले बन्द गरेको कर्णाली राजमार्ग खुलेको हो ।

शुक्रबार ६ बजेदेखि बन्द भएको कर्णाली राजमार्ग शनिबार राति १० बजे खुले पनि फेरि स्थानीयले सडक अवरोध गरेपछि आइतबार दिनभर तनावगस्त भएको थियो । आइतबार राति सहमतिपछि पीडित पक्षले केही नगद र केही राहत बापतको रकमको चेक प्राप्त गरेपछि सडक खुलेको बताइएको छ ।


आठबिस नगरपालिका उपप्रमुख कल्पना थापा चन्दले लामो समयको छलफलपछि बल्ल सहमति भएर कर्णाली राजमार्ग खुलाएको जानकारी दिनुभयो । सवारी धनीले शनिबार साँझ १४ लाख क्षतिपूर्ति दिन तयार भए पनि आइतबार पहिलो किस्ता बापत दिने भनेको रकम नदिएपछि मृतकका आफन्तले पुन राजमार्ग बन्द गराएका थिए । उपप्रमुख चन्दले दुवै पक्षसँग बसेर सहमति भएपछि सडक खुलेको सुनाउनुभयो । लामो समय राजमार्ग बन्द हुँदा कालिकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा जाने यात्रु र त्यहाँबाट मुलुकका विभिन्न सहरमा जाने यात्रु मर्कामा परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रशिद्ध बागेश्वरी मन्दिरमा सोमवार दोस्रो पटक ‘महाआरती’ गरिँदै

२३ माघ २०७९, सोमबार १४:५५
नेपालगञ्ज : नेपालगञ्जको प्रशिद्ध बागेश्वरी मन्दिरमा दोस्रो पटक ‘महाआरती’ गरिदैछ । वेष्टर्न ट्राभल मार्टको अवसरमा यसअघि माघ १५ गते पनि महाआरती गरिएको थियो । ट्राभल एजेन्ट्स एशोसिएसन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको आयोजनामा सोमबार महाआरती हुन लागेको हो । नेपालगञ्जलाई धार्मिक पर्यटनसँग जोड्न यहाँका पर्यटन ब्यवसायीले महाआरतीलाई स्थापित गराउन लागेका […]