प्रदेश प्रमुख जोशीद्वारा सूचना प्रविधि मेलाको उदघाटन

सदरलाइन संवाददाता १६ फाल्गुन २०७९, मंगलवार १३:३१
 

धनगढी : धनगढीमा सुरु भएको सूचना प्रविधि मेलाको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उदघाटन गरेका छन् ।

कम्प्युटर एशोशियसन नेपाल क्यान कैलालीको आयोजनामा सुरु भएको मेलाकोको मङ्गलवार एक कार्यक्रमका बिच प्रदेश प्रमुख जोशीले उदघाटन गरेका हुन् ।


२० गतेसम्म सूचना प्रविधि मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नवीनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साइबर सेक्युरिटी सम्बन्धी जानकारी दिइने जनाइएको छ । सूचना प्रविधि प्रदर्शनमा ७० वटा स्टलहरू रहेका छन् ।

सुदूरपश्चिमका नौ वटै जिल्लालाई समेटेर ८० हजारदेखि १ लाख दर्शकलाई अवलोकन गराउने लक्ष्य क्यानले गरेको छ । सूचना प्रविधि मेलाको मुख्य प्रायोजकमा नेपाल दूर सञ्चार प्राधिकरण र एशोसियटमा नेपाल टेलिकम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विजेताको ट्रफी वडा कार्यालयलाई

१६ फाल्गुन २०७९, मंगलवार १३:३१
नेपालगञ्ज : ज्योती स्पोर्टस एकेडेमीले विजेताको रुपमा प्राप्त गरेको उपाधी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ लाई हस्तान्तरण गरेको छ । ज्योती स्पोर्टस एकेडेमी हालै सम्पन्न नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिताको विजेता बन्न सफल भएको थियो । सहभागी २२ टिममा उत्कृष्ट हुँदै ज्योतीले उपाधी जितेको हो । फाईनल जितेपछि प्राप्त भएको […]

सम्बन्धित