२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

सुर्खेतको जंगलमा लुकाएर राखिएका ५ थान बन्दुक बरामद



नेपालगञ्ज : प्रहरीले जंगलमा लुकाएर राखेको अवस्थामा ५ थान बन्दुक फेला पारेको छ । सुर्खेतको लेकबेशी नगरपालिका ५ मा रहेको राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओडारमा ५ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ ।

प्रहरीको नियमित गस्तीका क्रममा माथिल्लो खल्टाकुरा राष्ट्रिय चौफारी डाँडा जंगलमा ढुङ्गाको ओडारमा लुकाई छिपाई राखेको अवस्थामा ५ थान भरुवा बन्दुक फेला परेको हो ।

सबै बन्दुकहरु प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । बरामद गरिएका बन्दुक कसले लुकाएर राखेको भन्ने बारेमा जानकारी हुन नसकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रबार
ताजा समाचार