२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

दाङको घोराहीमा भूपूसैनिक सम्मेलन शुरु



दाङ : ‘भूतपूर्व सैनिक सङ्घको अभिलाषा, सेनाप्रति समर्पण र भरोसा’ भन्ने आदर्श वाक्यका साथ नेपाली सेना भूपूसैनिक सम्मेलन घोराहीस्थित रणसिंह दल गणमा मंगलवारदेखि शुरु भएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले उदघाटन गरेको सम्मेलनमा पूर्वी र पश्चिम रुकुम, रोल्पा, सल्यान, प्युठान र दाङ जिल्लाका एक हजार तीन सय ५० अवकाश प्राप्त सेना सहभागी रहेको नेपाली सेना जनसम्पर्क निर्देशनालयका निर्देशक एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

सम्मेलनमा ज्येष्ठ पूर्वसैनिक, एकल महिला र सफल उद्यमीलाई सम्मान गर्ने, अशक्तलाई ह्विलचियर र वैशाखी प्रदान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०७९ फागुन १६ गते मंगलबार
ताजा समाचार