२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

लुम्बिनीमा सोमवार हुने भनिएको माघी महोत्सव स्थगित



दाङ : लुम्बिनी प्रदेश सरकारले सोमवार गर्ने भनिएको माघ महोत्सव कार्यक्रम नगरिने भएको छ ।

आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले आइतबार पोखरामा भएको प्लेन दुर्घटनाबाट उत्पन्न भएको दुःखद् परिस्थितीका कारण माघ महोत्सव आयोजना नगरिने जानकारी दिएको छ ।

प्रदेश सरकारले माघ पर्वको अवसरमा सोमबार प्रदेशभर सार्वजनिक विदासमेत दिने निर्णय गरेको थियो ।

विभिन्न समुदायको कला संस्कृती र झाँकी प्रदर्शनका साथै शुभकामना आदान प्रदान कार्यक्रम राख्ने तयारी थियो ।

मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले एक सूचना जारी गर्दै माघ महोत्सव नगरिने जानकारी दिए ।

प्रकाशित मिति : २०७९ माघ २ गते सोमबार
ताजा समाचार