Sadarline
२०८३ असोज २९ , बिहीबार

तराईमा केही दिन अझै शीतलहर चल्ने



नेपालगञ्ज : शनिवार पनि तराईमा शीतलहर चलेको छ । तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र रातिसमेत तराईका धेरै भूभागमा हुस्सु र कुहिरो कायमै रहनेछ । पहाडी भू–भागमा भने आंशिक बदली हुने सम्भावना छ । बाँकी भू–भागको मौसम सफा रहेने महाशाले जनाएको छ ।

आइतबार र सोमबार पनि तराईमा शीतलहर जारी हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ । शीतलहरका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

प्रकाशित मिति : २०७९ पुस २३ गते शनिबार
ताजा समाचार