Sadarline
२०८३ असोज २९ , बिहीबार

काँग्रेस सहमहामन्त्री पाण्डे बाजुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित



बाजुरा : नेपाली कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्रीप्रसाद पाण्डे बाजुराबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् । एमालेका उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४ सय ३७ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् ।

पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् । थापाले २६ हजार ३ सय ४९ मत ल्याएका छन् । राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७, स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४, जनसमाजवादी पार्टीका रामबहादुर शाहीले ७३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै बाजुराको प्रदेश सभा क मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाही निर्वाचित भएका छन् । यसैगरी प्रदेश सभा ख मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मंसिर १८ गते आइतबार
ताजा समाचार