पहाडी समुदायमा भाइटीका र मधेशी समुदायमा भुर्की पुजा

सदरलाइन संवाददाता १० कार्तिक २०७९, बिहीबार १४:१४
 

नेपालगञ्ज : तिहारको मुख्य दिन बिहीवार भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाईंदैछ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि उत्तम साइत भने बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको छ ।

मधेशमा भुर्की पुजन मनाईंदै
बाँकेलगायत पश्चिमी मधेशमा बिहीवार ‘भुर्की पुजन’ पर्व मनाईंदै छ । कार्तिक शुक्ल द्वितीयामा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मधेशी समुदायको परम्परा छ ।


भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई घरमा निम्ता गर्छन् । ‘भुर्की पुजन’ पर्वमा दिदीबहिनीले दाजुभाइलाई च्युरा भुर्की खुवाएर टीका लगाईदिन चलन छ ।

च्युरा भुर्की खाएर टीका लगाएपछि दाजुभाइले दिदीबहिनीलाई नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा दिने गर्दछन् ।

दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बढाउने विश्वासको रुपमा यो पर्व मनाउने गरिन्छ । साउन पूर्णिमाका दिन दाजुभाइलाई बाँधिने सप्तरङ्गी डोरा ‘राखी’ बाँधिदिने र यमपञ्चक अर्थात् तिहारको कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भुर्कीको कथावस्तु पौराणिक गाथामा आधारित राजा बलि र उनका दिदीबहिनी गंगा र यमुना हुन् ।

सत्ययुगमा राजा बलिका बहिनी गंगा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका कथा नै यो पर्वको आधार रहेको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित बर्दियामा एकजना पक्राउ

१० कार्तिक २०७९, बिहीबार १४:१४
बर्दिया : बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर एक जना पक्राउ परेका छन् । लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका–६ गदरही बस्ने १९ वर्षीय प्रबेश चौधरीलाई मंगलबार साँझ पक्राउ पारेका हुन् । प्रहरी चौकी जमुनिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई […]