मध्यरातमा कारकाँदोबाट चार जुवाडे प्रहरीको फन्दामा

१४ कार्तिक २०७५, बुधबार १२:३१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  पर्वको  बाहाना  पारेर जुवातास खेल्ने ४ जना जुवाडेलाई वडा प्रहरी कार्यालय नेपालगञ्जले मध्यरातमा नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ४ कारकाँदोमा रहेको भक्तबहादुर श्रेष्ठको घरमा कोठा भाडामा बस्ने हेमा भुजेलको कोठामा जुवा जुवा खेलाइरहेको सुचनाको आधारमा मंगलबार मध्यराती छापा मारेर ४ जना जुवाडेलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार जुवा खालबाट ७६ हजार ६ सय ३५ रुपैयासहित नेपालगञ्ज उप–महानगरपालिका १८ बस्ने रबी गिरी, रमित शाही, जयबहादुर चन्द, र नेपालगञ्ज ४ बस्ने पुर्णबहादुर शाही रहेका छन् ।
कोठबाट जुवा खेल्न प्रयोग गरिएको ४ गड्डी तास समेत बरामद गरिएको थियो । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको वडा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लामो समयदेखि सो ठाँउमा जुवा खेलाइने गरेको थियो ।
यसैबीच आउदै गरेको तिहारको मौका परेर नेपालगञ्ज, खजुरा, कोहलपुका केही होटल, होमस्टेलगायतको ठाँउमा जुवाडेहरुको जमघट हुने गरेको स्रोतले जनाएको छ ।

भन्सार चोरीको सामानसहित राई नियन्त्रणमा


यसैगरी साही कार्यालयबाट गस्तीमा निस्केको टोलीले भन्सार चोरी छली भारतबाट नेपाल ल्याएको सामान नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार पाठईएको जनाएको छ ।
प्रहरी निरिक्षक तथा वडा प्रहरी कार्यालयका ईन्चार्ज डाँगीका अनुसार नेपालगञ्ज–४ गणेशपुरको मनोहर लोधको घर नजिकै एमएस रेडिमेड कपडा पसलका सञ्चालक महोमद राईलाई ८० थान पोलो तन्ना अन्दाजी मुल्य ३२ हजार बराबरको नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा पठाईएको छ ।

 

Next Post

अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा २५ जनाको मृत्यु

१४ कार्तिक २०७५, बुधबार १२:३१
सदरलाइनडटकम, काठमाण्डौ : अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधवार अफगान सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा २५ जनाको मृत्यु भएको छ । इरानसँगको सीमा जोडिएको फराह प्रान्तका गभर्नरका प्रवक्ता नासिर मेहरीले अनार डारा जिल्लामा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताए । हेलिकप्टरमा चालक दलका दुई सदस्य र अन्य २३ व्यक्ति सवार रहेको उनले […]