बाँके–२ मा धवलको तुलनामा अन्य उम्मेदवार कम्जोर हुँदै

सदरलाइन संवाददाता २९ कार्तिक २०७९, मंगलवार १५:२२
 

नेपालगञ्ज : बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलसम्शेर राणाको तुलनामा अन्य उम्मेदवार कम्जोर हुँदै गएका छन् ।

मतको आधारमा बलियो ठानिएका कांग्रेस उम्मेदवार सुदीप नरसिंह राणालाई कांग्रेसभित्रबाटै अविश्वास गरेका कारण पछि परेका छन् भने चुनावी तामझाम गर्दै आएका जनता समाजवादी पार्टीका उम्मेदवार इस्तियाक राईको पक्षमा जनमत दैनिक रुपमा घट्दै गएको पाईएको छ ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार राणाको पक्षमा ग्रामिण टोल वस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्न थालेका छन् । दुई कार्यकाल नेपालगञ्ज उपमहानगरपालिकाको मेयर भईसकेका राप्रपाका महामन्त्री डा. धवलको पक्षमा नेपालगञ्ज उपमहानगरपालिका सहित डुडुवा गाउँपालिकाका गाउँवस्तीमा सर्वसाधारण स्वस्फूर्त रुपमा खुल्दै गएका छन् । डा. राणालाई यो क्षेत्रमा पार्टीगत सँगै व्यक्तिगत रुपमा मन पराउने जनमत बढि रहेको पाईएको छ ।

राणाको उम्मेदवारीलाई बाँकेको क्षेत्र नम्वर २ मा यसपटक नेकपा एमालेले समेत समर्थन गरेका कारण राणा जितको नजिक रहेको धेरैको विश्लेषण रहेको छ ।


नेकपा एमाले र राप्रपाबीच बलियो चुनावी तालमेल भएका कारण राप्रपाबाट बाँके– २ मा डा. धवलशम्सेर राणा, प्रदेश क मा एमालेका बिजयबहादुर यादव र प्रदेश ख मा एमालेका निरकबहादुर गुरुङको पक्षमा लहर बढ्दै गएको छ ।

दुई पार्टीको पार्टीगत मत बाहेक डा. राणाको व्यक्तिगत लोकप्रिय मत पनि धेरै रहेकोले उनको पक्षमा लहर बढ्दै गएको हो । राणाको चुनावी घरदैलोमा राप्रपा र एमालेका कार्यकर्ता सँगसँगै पार्टीगत रुपमा नजोडिएका सर्वसाधारणसमेत स्वस्फूर्त रुपमा लाग्ने गरेको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताए ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रको २४ हजार नौ सय ८०, नेकपा एमाले र राप्रपाको २३ हजार नौ सय ७२ तथा जनता समाजवादी पार्टीको १४ हजार एक सय नौ मत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्षेत्र नम्बर २ मा राणा, बर्मा र हमाल परिणाम ल्याउने कसरतमा

२९ कार्तिक २०७९, मंगलवार १५:२२
नेपालगञ्ज : बाँके, क्षेत्र नम्बर २ मा नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनका उम्मेदवार सुदिप नरसिंह राणा, प्रदेश सभा–२ (१) का उम्मेदवार राजकुमार बर्मा र प्रदेश सभा–२ (२) का सुरेन्द्रबहादुर हमाल मंसिर ४ गतेका लागि निर्वाचन परिणाम ल्याउने अन्तिम कसरतमा जुटेका छन् । तीनै जना उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रमा अहिले मतदाता […]