ब्राउन सुगरसहित बर्दियामा एकजना पक्राउ

सदरलाइन संवाददाता १० कार्तिक २०७९, बिहीबार १४:२१
 

बर्दिया : बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर एक जना पक्राउ परेका छन् ।

लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका–६ गदरही बस्ने १९ वर्षीय प्रबेश चौधरीलाई मंगलबार साँझ पक्राउ पारेका हुन् ।


प्रहरी चौकी जमुनिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रानाथारूको तिहार मनाउने शैली फेरियो

१० कार्तिक २०७९, बिहीबार १४:२१
कञ्चनपुर : रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन । ‘हाम्रा बुवाबाजेको पालामा तिहारमा […]