जनस्वास्थ्यकाे अायाेजनामा गंगापुरमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा सम्मान कार्यक्रम

१६ चैत्र २०७४, शुक्रबार १८:३५
 

सदरलाइनडटकम
१६ चैत, नरैनापुर (बाँके) : बाँके नरैनापुर गाउँपालिका वडा नं. ६ गंगापुरका ७६ वर्षिय बरसाती दर्जी शरिर दुख्ने, आँखामा जहिले पनि बादल लागेको जस्तो समस्या लिएर गाउ कै स्वास्थ्य चौकीमा पुगे । उनले स्वास्थ्य उपचार गरेर फर्कदा हातमा औषधिका साथमा छाता र टर्चलाईट पनि बोकेर फर्के ।
उनी जस्तै समस्या बोकेर स्वास्थ्य चौकी पुगेका ७५ वर्षिय गुरुदास अहिर, ७६ वर्षिया कोईला गढरिया, ७५ वर्षिय राजराम यादव, ७९ वर्षिया जयबुला खाँ पनि उपचार गरेर फर्कदा हातमा औषधिका साथमा टर्च र छाता बोकेर घर तिर लागे ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले बाँकेको नरैनपुर वडा नं. ६ गंगापुरमा जेष्ठ नागरिक स्वास्थ्य परिक्षण तथा सम्मान कार्यक्रममा सहभागि हुँदा दर्जी, यादव, गढरीया, अहिर, खाँ जस्तै उमेरका १ सय ३८ जनालाई स्वास्थ्योपचार र सम्मान स्वरुप छाता र टर्चलाईट उपलब्ध गराईएको थियो ।
स्वास्थ्योपचार गरेर फर्कदै गर्दा जिल्ला जनस्वास्थ्य कार्यालयबाट गरिएको सम्मानले आफुलाई खुसी लागेको जेष्ठ नागरिक दर्जिले बताए । उनले भने–‘उपचारको लागि आएको थिए उपचार पनि गराए औषधि पनि लिएर घर जाँदै गर्दा छाता र टर्चलाईट पनि पाए अत्यन्तै खुसी छु ।’
उनकै नजिक रेहकी कोईला गढरियाले गर्मीमा हिड्नको लागि छाताले सजिलो बनाउनुको साथै गर्मी याममा राती घर बाहिर निस्कदा उज्यालोको लागि टर्चले सहयोग हुने भएको बताईन ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खडकाले कार्यालयले सेवाको पहुँच नपुगेको स्थानमा निशुल्क शिविरको आयोजना गर्दै जेष्ठ नागरिकलाई सम्मान स्वारुप छाता र टर्चलाईट वितरण गरिएको बताए ।
उनले भने–‘खासै ठूलो चिज नभएपनि घामपानीमा ओड्न र हिड्नलाई लठ्ठिको साहरा समेत हुने भएकोले छाता साथै गर्मी याममा राती बाहिर निस्कनको लागि आवश्यक उज्यालोको लागि टर्चलाईट सहयोगी हुने भएर वितरण गरिएको हो ।’
जिल्ला जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दकोे सहजिकरण नरैनापुर गाउपालिका वडा नं.६ का अध्यक्ष विरेन्द्र पाल सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख ख्डका, राष्ट्रिय क्षयरोग निवारण केन्द्रका डा. मोहन प्रसाई, सेभ द चिल्ड्रेनका हरीबोल बजगाईलगायतले जेष्ठ नागरिकलाई सम्मान गरेका थिए ।       

Next Post

कोहलपुरमा दुई नाबालकबाट ७ वर्षिया बालिका माथि यौन दुव्र्यबहार

१६ चैत्र २०७४, शुक्रबार १८:३५
सदरलाइनडटकम   १६ चैत, कोहलपुर (बाँके) : कोहलपुरमा १२ वर्षिया बालिका बलात्कारमा परेको घटना सेलाउन नपाउदै पुनः ७ वर्षिया बालिका यौन दुव्र्यबहारमा परेकी छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार कोहलपुर नगरपालिका वडा नं। १ बस्ने वर्ष १२ का र सोहि ठाउँँ बस्ने वर्ष ९ का बालकले वर्ष ७ की […]