सदरलाइनडटकम,
डुडुवा (बाँके) : गाउँपालिकास्तरीय रनिङ शिल्ड प्रतियोगिता बाँके डुडुवा सम्पन्न भएको छ । गाउँपालिकाको सहकार्यमा शिक्षा शाखाद्वारा आयोजित प्रतियोगितामा ज्ञानदिप मावि प्रथम भएको छ । प्रतियोगितामा शहिद माबि दोस्रो र बनकट्टी माबि तेस्रो स्थान हासिल गरेको छ ।
विजयी विद्यालयहरुलाई कप वितरण गरिएको थियो । गाउँपालिकास्तरीय ५ वटा विद्यालयका करीब २ सय ५० विद्यार्थीले सहभागिता जनाएका थिए । जसमध्ये ३५ जना विद्यार्थी जिल्लामा हुने रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट भएको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा भलिबल, कपर्दी र एथलेटिक्सका खेलहरु भएका थिए । समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साहिदा बानो, वडाध्यक्ष भण्डारीलाल यादव, प्रशुराम बुढाथोकी, शिक्षा शाखा प्रमुख सञ्जय कर्ण, वरिष्ठ खेलाडी पदम बुढाथोकीलगायतले विजयीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
