माता सरस्वतीको पुजाआजा गरेर श्रीपञ्चमी मनाइयो

सदरलाइन संवाददाता २३ माघ २०७८, आईतवार १६:३७
 

नेपालगञ्ज : विद्याकी देवी सरस्वतीको पूजा–अर्चना गरेर आइतवार श्रीपञ्चमी पर्व मनाइएको छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको दिनभरी नै चहलपहल थियो ।

कोरोना भाइरस महामारीका कारण धेरैजस्तो विद्यालयले विद्यालयमा सरस्वती पूजाका कार्यक्रम आयोजना गरिएका थिएनन् । यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ ।


सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ ।

संगीत प्रशिक्षणको शुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकाबाट चिनी तथा चामल आयातमा कमी

२३ माघ २०७८, आईतवार १६:३७
नेपालगञ्ज : चालू आर्थिक बर्षको ६ महिनामा नेपालगञ्ज नाकाबाट चिनी र चामल तथा चामलजन्य बस्तु आयातमा कमी आएको छ । चालू आर्थिक वर्षको ६ महिनामा तीन करोड ९४ लाख ९१ हजार ६ सय किलोग्राम चिनी तथा चिनीजन्य बस्तु आयात भएको छ । गत आर्थिक वर्षको यो अवधिमा पाँच करोड ३८ […]