२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

नेविसंघद्वारा भेरीका विरामीलाई फलफूल वितरण



नेपालगञ्ज : नेपाल विद्यार्थी संघ बाँकेले भेरी अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ ।

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९९औं जन्मजयन्तीका अवसरमा विरामीहरुलाई फलफूल वितरण गरिएको नेविसंघ बाँकेका कार्यबहाक अध्यक्ष चक्र बहादुर रावतले बताए । भेरी अस्पतालमा उपचाररत तीन दर्जन विरामीहरुलाई फलफूल वितरण गरिएको रावतले जानकारी दिए ।

फलफूल वितरण कार्यक्रममा नेपाली कांग्रेस बाँकेका कार्यवहाक सभापति गोपालप्रसाद अधिकारी, लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण कुमारी सापकोटा, जिल्ला सचिव सुधांशु कोइराला, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, नेपालगञ्ज नगर सभापति एवम् नगरप्रमुख प्रशान्त विष्ट, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्र बहादुर विक, विद्यार्थी नेताहरु रमेशप्रसाद तिमिल्सिना, चेतनारायण शर्मा, तरुण दल नगर सभापति सन्दीपजंग शाह लगायत उपस्थित थिए ।

प्रकाशित मिति : २०७९ असार १८ गते शनिबार
ताजा समाचार