२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

स्वास्थ्य विमा सम्बन्धि अभिमुखिकरण सम्पन्न



नेपालगञ्ज : बैजनाथ गाउँपालिकामा स्वास्थ्य बिमा सम्बन्धि नव निर्वाचित जनप्रतिनिधि र दर्ता सहयोगीहरूलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजना उक्त एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रमको प्राविधिक सहयोग स्वास्थ्य विमा बोर्ड नेपालगञ्जले गरेको थियो ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकाय वडा अध्यक्षहरू लगाएत बैजनाथका ८ वटै वडाका दर्ता सहयोगीहरूको सहभागिता थियो ।

कार्यक्रममा बैजनाथ स्वास्थ शाखा प्रमुख लक्षमण राज शाहीले स्वास्थ विमा सम्बन्धि बैजनाथमा सञ्चालन गरिएको कार्यक्रम तथा प्रगति विवरण तथा आगामी आर्थिक वर्षका योजना बारे जानकारी गराएका छन् । कार्यक्रममा विमा वोर्ड नेपालगञ्जका दर्ता अधिकारी रमेश आचार्य लगायतले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २०७९ जेठ १३ गते शुक्रबार
ताजा समाचार