२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

भेरी अस्पतालमा आइतबार बिदा नहुने



नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा आइतबार बिदा नहुने भएको छ । अस्पतालमा बहिरंग (ओपिडी) लगायतका सेवा आइतबार पनि नियमित रुपमा चल्ने छ ।

अस्पतालका मेसु डा. वीरेन्द्रबहादुर चन्दका अनुसार आइतबार बिदा नहुने र पूर्ववत रुपमा ओपिडी लगायतका सेवा नियमित सञ्चालन हुनेछ ।

‘शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुँदा हाललाई अन्य सार्वजनिक बिदा परेको बाहेक आइतबारका दिन भेरी अस्पतालको बहिरंग सेवा लगायत सम्पूर्ण सेवाहरु दिउँसो दुई बजेसम्म पूर्ववत रुपमा नियमित सञ्चालन हुने निर्णय भएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार
ताजा समाचार