२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

खजुरामा निःशुल्क स्वास्थ्य शिविर हुने



नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । स्वास्थ्य शाखाको आयोजनामा चैत्र २१ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।

जेष्ठ नागरिकका लागि विशेषज्ञ तथा ल्याव सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा खजुराका प्रमुख सुदिप पौडेलले जानकारी दिए ।

२१ गते वडा नम्बर २ सितापुर स्वास्थ्य चौकीमा, २२ गते आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ६ पुरैनामा, २३ गते आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ४ ई गाउँमा, २४ गते खजुरा प्राथमिक स्वास्थ्य केन्द्र वडा नम्बर ३ मा, २५ गते रनियापुर स्वास्थ्य चौकी वडा नम्बर ८ मा, २६ गते वडा नम्बर १ मा रहेको राधापुर स्वास्थ्य चौकीमा, २७ गते उढरापुर स्वास्थ्य चौकीमा र २८ गते सोनपुर स्वास्थ्य चौकीमा आयोजना हुने स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ चैत १८ गते शुक्रबार
ताजा समाचार