२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

बाँकेमा सोमवार ३ संक्रमित थपिए



नेपालगञ्ज : बाँकेमा सोमवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५० जनाको पीसीआर परीक्षण गर्दा ३ र २७८ जनाको एन्टिजेन परीक्षणमा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा १६ जनाको नमुना जाँच गर्दा २ जनामा भाइरस संक्रमण देखिएको हो ।

यस्तै मेडिकल कलेज कोहलपुरमा २० र बागेश्वरी ल्याबमा १४ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् ।

प्रकाशित मिति : २०७८ फागुन ३० गते सोमबार
ताजा समाचार